लसुन खानुका यस्ता छन् फाइदा

बुधबार, २१ भदौ २०७४

 

भान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनको बासना मात्रै मीठो हुँदैन, यसमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी विशेषज्ञहरू पनि यसलाई औषधिको रूपमा प्रयोग गर्दा धेरै फाइदा हुनेमा विश्‍वास गर्छन् ।

त्यही भएर कतिपय चिकित्सकले बिरामीलाई सन्तुलित भोजनबारे सल्लाह दिँदा खानामा लसुनको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । त्यसो त भान्सामा लसुनको स्वाद आएन भने खाना मीठो नमान्‍नेहरु पनि धेरै छन् ।

 

याे पनि पढ्नुहाेसः टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

 

कान दुख्‍ने, पिप आउने, खटिरा आदि भएमा

चार चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा केही पोटी लसुन, सानो आधा चम्चा हिङ र सानो एक चम्चा सिदेनुनको धुलो तेलमा राखेर कालो पार्ने र छानेर सिसीमा राख्‍ने र आवश्यकताअनुसार कान सफा गरी बिहान–बेलुका चार–चार थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

 

कोलेस्ट्रोल नियन्‍‍त्रण गर्न

लसुनमा शरीरलाई आवश्यक भिटामिन ए, बी तथा सीका साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्‍नेसियमजस्ता खनिज तत्वहरूसमेत हुन्छ । यसले कोलेस्ट्रोल नियन्‍‍त्रण गर्नसमेत मद्दत गर्छ ।

कोलेस्ट्रोल नियन्‍‍त्रण हुँदा नसाभित्र रगत जम्‍ने तथा बाक्लो हुन पाउँदैन । दमका रोगीहरूका लागि समेत लसुनले औषधिको काम गर्छ ।

 

याे पनि पढ्नुहाेसः  फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौ गुण : जानी राखौ के- के कुरामा फाइदा गर्छ

 

घाँटी बसेमा

एक–दुई पोटी लसुन चपाएर मनतातो पानीमा दुई–तीनपटक खाँदा घाँटी बसेको ठीक हुन्छ ।

 

दाद आएमा

घिउकुमारी र लसुन पिनेर लेप लगाउने गरेमा दाद आएको ठीक हुन्छ ।

 

कोठी उपचारमा

लसुनको केस्रालाई सिलौटोमा पिन्‍ने र कोठीमाथि लेप लगाउने । त्यसलाई सफा कपडाले ढाक्नुपर्छ । ढाकेको २–३ घन्टासम्म त्यसै छोडिदिने । केही दिनसम्म यसरी लेप लगाउँदा कोठी आफैँ झरेर जान्छ ।

 

याे पनि पढ्नुहाेसः दैनिक भान्सामा प्रयोग हुने मेथी अत्यन्त उपयोगी - मेथीका फाईदै फाइदा

 

यस्ता पनि गुण

सर्स्‍युंको तेलमा लसुन पकाएर बनाइएको मिश्रणले मालिस गर्नाले शरीरमा भएको दुखाइ कम गर्छ । यसमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ ।

कब्जियतको समस्या हटाइदिन्छ । सुन्‍निएको, जोर्नी दुख्‍ने, खोकीजस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खाँदा चिसो र अपचको समस्यालई समाधान गरिदिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

डण्डीफोर देखि मधुमेह अरु कुन–कुन रोग निको पार्छ तिते करेलाले जान्नुहोस्

खादा कति पयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा...

क्यान्सरबाट जोगिन के खाने ?

काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक...

कम्मर दुख्ने, अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि...

फोक्सो स्वस्थ राख्न खाने गर्नुहोस्

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ । प्याजले...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको