को हुन सागर आलेलाई एकलाख उपहार दिने युवती ? बाहिरिएका सागरलाई किन दिईन पैसा ?

मङ्गलबार, २७ भदौ २०७४

 

इतिहास कै पहिलो अन्तराष्ट्रिय फ्रेनजाइज शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ।

 

धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन। अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।

 

फाइनलको एक कदम अगाडी नै आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् । नाम त सागरले कमाए तर नामले मात्र काम नचल्ने भए पछी आर्थिक सहयोगको आह्वान गरेको उनले प्रष्ट पारिन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

अभागि सागर ! जहाँ गएनी दुखै दुख

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताबाट सागर आले बाहिरिएका छन्। ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको