रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी ।

बिहिबार, २९ भदौ २०७४

 

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।

 

औषधी तयार बनाउन चाहिने सामग्री ४०० ग्राम ताजा ओखर ४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)


१ किलो प्राकृतिक मह १२ पोटी ताजा लसुन १५ वटा ताजा कागती क्वाँटी तयार पार्ने तरिका

काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।

औषधी तयार पार्ने तरिका लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।

 

डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् ।
हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ ।

जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सिस्नु खानुका अदभूत फाईदाहरु

हातले छुँदा पोल्ने जङ्गली सिस्नुका फाइदा भने गनीसाध्य छैन । अर्टिसा डिओइसा भनिने यो आदिम वनस्पतिलाई यदि हामीले हाम्रो खानामा...

पुरुषले खाली पेटमा किन खाने लसुनको एउटा मात्र पोटी ? यस्ता छन् ७ कारण

पुरुषले यदि दैनिक बिहान खालीपेट लसुनको एक पोटी खान्छन् भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । वास्तवमा लसुनमा एलिसिनजस्ता...

रगत जमेर गाँठो परेमा,सेतो दूबीमा, गर्भाशय शुद्धिका लागि: बकाइनो

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूखहो । एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन...

होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?

यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईले कहिल्यै पनि...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको