भान्सामा प्रयाेग हुने औषधी- लसुनको इतिहास र फाइदा ।

शुक्रबार, ११ फागुन २०७४

 

बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरू रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला अझ दुखाई पनि बढि छ भने त जसरिपनि डाक्टरकहाँ दगुर्नै पर्‍यो मन नलागि नलागिपनि । गयो औषधी भक्कु लेखिदिन्छन् अनि कतिपय औषधी राम्रो भन्दा झन असर पुर्‍याउँछ । तर अमेरिकी वैज्ञानिकहरूले दुखाई कम गर्नको लागि चाहिँ उपाय सुझाएका छन्- लसुन खाने ।

 

उनीहरूको भनाईमा लसुन एकदम शक्तिशाली प्रक्रितिक एन्टिबायोटिक हो । डाक्टरी औषधीले झैं लसुनले शरीरका लाभदायक ब्याक्टरीयाहरु मार्दैन । लसुन एन्टिभाइरल र एन्टि फङ्गलपनि हुन्छ । त्यति मात्रै हो र ? दिनदिनै केही पोटी लसुन खाने हो भने इन्फेक्सन (घाउ पाक्ने) क्रम रोकिन्छ, छिटो सुक्छ ।

 

कसरी थाह पाए त यो ? अमेरिकीहरुले परीक्षण गरे । लसुन तिन महिनासम्म नियमित तरिकाले खाँदा सात जना एड्सका रोगीहरूको टी सेल (टी भनिने कोष) सामान्य देखियो । उनीहरूले प्रति दिन दुई देखि चार वटा पोटी लसुन मात्रै खान्थे । टी सेल एड्स पाक्ने मुख्य कोष हो । एड्सका रोगीहरुमा मात्रै होइन कि अरू रोगमापनि यो प्रभावकारी देखियो । झाडा पखाला, यौनांगमा साना साना बिबिरा उठेर दुख्ने, छाला पाक्ने, अनुहार र अन्तपनि राता राता मसिना दाद जस्ता धब्बा देखिने लगायतका समस्यामापनि फलदायी देखियो । डायबिटिज, एलर्जी, दाँतको दुखाई, क्यान्सर, ठण्डी, मुटुको रोग र उच्च कोलेस्टेरोल नियन्त्रण गर्नपनि लसुन उपयुक्त भएको दाबी उनीहरूले गरेका छन् ।

 
 
तर उपचारको लागि खाने लसुन पकाउनु नहुने उनीहरूले बताएका छन् । लसुनका पोटी पिँध्ने र खानु पहिले करिब १० मिनेट खुल्ला राख्नुपर्ने सुझाव दिएका छन् । काँचो लसुन खाँदा नमीठो हुन्छ भने यसो गर्न सकिन्छ- चार पोटी लसुन पिँध्ने । दुई वटा गोलभेँडा काट्ने । ए उटा कागती निचर्ने । त्यसको जुस बनाएर खाने । स्वाद को लागि अलिकति नुन राख्न सकिन्छ। मेशिन छैन भने हातै मिहिनसित पिँधेर पनि जुस खान सकिन्छ । तपाइको शरीरमा इन्फेक्सन  छ भने दिनमा केहि पटक यस्तो जुस लिन सकिन्छ ।
 
लसुनको इतिहास

करिब पाँच हजार बर्ष पहिले देखि लसुन मानिसको खानपानसँग जोडिएको छ । प्राचिन इजिप्टमा पहिलो पटक लसुन रोपीएको मानिन्छ । इजिप्टका पिरामिडहरुमा लाशलाई जोगाउँनका लागि पनि लसुनको प्रयोग गरिन्थ्यो । प्राचिन ग्रिक र रोमनहरु पनि यसको व्यापक प्रयोग गर्थे । 
मानिसहरुको बसाइसराईसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । इशापुर्व छैटौं शताब्दिमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहास पाईन्छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमश लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो । बितेका केहि बर्षदेखि यसको प्रयोगले अचम्मको व्यापकता पाइरहेको छ । यसको प्रमुख कारण यसको फाइदा नै हो । 
अहिले चीन, दक्षिण कोरिया, भारत, स्पेन र अमेरिका यसका प्रमुख व्यावसायिक उत्पादक मुलुकहरु हुन् ।
 
कहाँ र कसरी संग्रह गर्ने ?
ताजा लसुनबाट अधिकतम फाइदा पाउँने भए पनि यसको धुलो, पेस्ट तथा अन्य रुप पनि फाईदाकारी नै हन्छ । लसुनका पोटीहरु राम्रो स्पस्ट छुटिने लसुननै राम्रो हुन्छ । लसुन कत्रो छ भन्ने कुराले यसको गुण निर्धारण गर्दैन । यसैले लसुनको आकारमा भन्दा यसको वासना र ताजापनमा विचार गर्नु उत्तम हुन्छ । लसुन बर्षभरि नै बजारमा सजिलै किन्न पाइन्छ । तर यसलाई संग्रह गर्ने हो भने चिसो र सुख्खा ठाउँमा सुर्यको प्रकाशले प्रत्यक्ष नभेट्ने ठाउँमा राख्नु पर्छ । यसो गर्दा यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

Source: PaniPhoto
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

एउटा अनौठो खुलासाः लसुन खाने केटासँग युवती छिटो आकर्षित हुन्छन्

एउटा अनौठो अनुसन्धान बाहिर आएको छ । अनुसन्धानमा भनिएको छ, लसुन खाने केटासँग केटी छिट्टै पट्टिन्छन् । ...

सिरानीमुनी लसुन राखेर सुत्दा हुन्छ् यस्ता अपत्यारिला फाइदा

लसुन विश्वको धेरैजसोे भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै...

किन खाँदैनन् ब्राहमणहरु लसुन र प्याज ?

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् ।...

लसुनको हरियो पात खानुका फाइदै फाइदा

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात्...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको