सानिध्य (भाग–३)

सोमबार, ३० साउन २०७४

- माधब न्यौपाने
दाङ, हाल किर्तिपुर काठमाण्डौ

विहान झसंग विउझिय यसो आखाँ खोलेर हेरेको झ्यालबाट सुर्यले गिज्याइरहेको थियो । मोबाईल हेरे आठ बजिसकेको थियो साथै सात मिसकल पनि । धत्तेरी कस्तो भुसुक्कै निदायछु आज केटाहरु संग गोदावरि घुम्न जाने प्लान थियो मार्छन केटाहरुले भन्दै उठिवरी फ्रेसभएर तयार भई तोकिएकै ठाउँमा पुगे तर कस्तो अचम्म म दोस्रो थिय त्यहाँ सत्तिएर पुग्ने पछि कुरो बुझ्दा केहि साथिहरुको जरुरी काम परेर प्लान कयान्सिल भएको जानकारी दिन फोन गरेका रहेछन् । लौं वित्यास परेन, म त जसरी नि जाने कोठादेखि हिडिसके भनेर त्यहि एउटा पहिलो साथिलाई आफ्नो पक्षमा पारेर गोदावरी पुग्ने निर्णय गरे । मेरो लागि त्यो पहिलोपल्ट थियो । साथी भन्दै थियो सबै भएको भए कति रमाईलो हुन्थ्यो होला है । मैले भने भयो छोडिदे , उनिहरु एक पल्ट आईसकेका थिए त्यसैले जाँगर गरेनन् । गाडिबाट त्यहाँसम्म पुगियो । वरिपरिको दृश्यलाई नियाल्दै प्रकृतिको सौन्दर्यको स्वाद लिदै केहि पैदल हिडेर त्यहाँको पार्कमा पुगि टिकट लिएर भित्र छिर्यौ । बनस्पती शास्त्रको लागि विशेष संकलन तथा अध्ययनको लागि उपयुक्त ठाउँ लाग्यो मला्रई तर हामि प्रकृतिको त्यो सालिनता र त्यसमा लुकेका सुन्दर पक्षहरु नियाल्दै मुख्य वाटिकामा पुग्यौ । विचविचमा साथिसंग अद्भुत सुन्दर लागेका सिनहरुमा फोटो लिने काम पनि भैरहेको थियो । त्यहाँ वाटिका भित्र पुगेपछि मेरो आश्चर्यको सिमा नाघ्यो । त्यसको एउटा छेउमा रहेको वेन्चमा उहि परिचित अनुहार जो संग म भेटेर सबैकुरा जान्न बुझ्न चाहान्थे । जो संग चिया पसलमा भेट भएदेखि पटकपटक भेट्ने चाहना जागिरहेको थियो । मनमा उ र उसले विताइरहेको जीवनमा अनि उसले भोगिरहेको एक आम जिवनको कल्पना परिकल्पना गरिरहन्थे तर कसैगरे पनि पात्रलाई न्याय दिन नसकेको भान हुन्थ्यो र भेट्ने दिनको ब्यग्र प्रतिक्षा हुन्थ्यो । म नजिकै गए भुईतिर नियालेपछि हातको चुरोट चौथो भएको ठम्याय । तपा्रई यहाँ ? अनि एक्लै ? मैले ्रब्यग्रताका साथ प्रश्न गरे । ‘‘ म प्राय विदाको दिन यहि आउँछु” सटिक जवाफ आयो। क्ुनै त्यस्तो सम्बन्ध ? ‘‘उ संग पहिलो भेट यहि भएको थियो र अन्तिम पनि । ” उ अलि सहज हुदै थियो सायद दोस्रो कुराकानी भएको र भेट्ने कुरो भैसकेकोले होला । ए कहिलेको कुरो हो नि भन्न मिल्दौ ? मेले जिज्ञासा राखे, ठिकैछ तपाईले मलाई जहिले भएपनि वकायरै छोड्ने प्रतिज्ञा गरेजस्तो लाग्यो भन्नु नै प¥यो नि । अनि साथि र म त्यहि सुनिरह्यौ उनि भन्दै गय....

 


माधब न्यौपाने


चार बर्ष अघिको कुरा हो । म स्नातक दोस्रो बर्षमा अध्ययन गर्थे साथिहरु संग घुम्नलाई यहि आएको थिए । हामि सब रमाइलो गर्दै थियौं । मेरो हातमा पानिको वोत्तल थियो । ‘‘सुन्नु न थोरै पानि दिनु न” पछाडि बाट मधुर आवाज आयो । सबै साथीहरुका आखाँ उतैतिर तानिए मैले पनि फर्केर हेरे साक्षत परिसंगको पहिलो साक्षतकार थियो त्यो । कस्तो पिरो भयो, फटाहरुले सबै पानि सकेछन् छिटो दिनु न भन्दै हातबाट तानिन उनले । साथिसंग घुम्न आएको रैछिन हातबाट बोत्तल तान्दा नजानिदो स्पर्श भएको थियो । मैले त्यो पिरो चटपटे बनाउनी बाहिर गेट निरकी दिदीलाई हृदय देखी नै नमन गरे । आखाँले एकपटक उसैलाई हेरीरहेको उ घटघट पारेर पिइरहेकी थिई, गाजलले सिगाँरिएका ठुलाठुला आखाँ लालिले रङ्गिएको मन्त्रमुग्ध पार्ने ति अधरहरु, गाली विनाकै राताराता देखिने पुष्ट गाला हेदै चुमुचुमु लाग्ने, अग्लो कद, पुष्ट छाति, सलक्क परेको छरितो जिउडाल, चौडा र चम्कीलो ललाट केही माथि जुरो उठाई नजानिदो पारामा कोरिएको सिउदो । जिउमा टमक्क पर्नेगरि लगाएको कपडा –वन पिस) म आफ्नै कल्पनामा हराउन थालेछु साच्ची यो धर्तिमा उसलाई भगवानले वनपिस नै पठाएछन् क्यार । मेरो कल्पनाको राजकुमारी जस्तै । को भाग्यमानि होला उस्लाई पाउने यस्तै सोचिरहेको थिए । Thank You भनेर  त्यो बोत्तल हातमा दिदा झसंग भए Wellcome  भन्नुपर्ने थियो भन्न नि खोजेको आवाज आएन एक पल्ट उँहुम गरेसी घाटि Clear  भयो । Well come भने उ अलि पर पुगिसकेकी थियी पुलुक्क हेरेर मुसुक्क हाँसि मात्र केहि वोलिन लाग्यो आँखाले नै सबैबोलेर गई ।  कता कता नजरहरुले घोचिरहे आहाँ कति स्वादिलो त्यो घोचाई, कति मिठो त्यो मुस्कानको पासो जुन अन्तमा Thank you  भन््दा फिजाएर गई । साथिहरु भन्दैथिए म त फ्रीमा पानि बाड्न बस्ने थिए यस्ता परिलाई पिलाउन पाइने थाहा भएको भए त । सबैजना गलल्ल हाँसे । म नतमस्तक भई उसैलाई मगजमा खेलाईरहे । जीवन के हो भोग्नलाई भ्याएकै छैन होली । माया भन्ने चिज त सुनेकै छैन होली ,  उसलाई त सप्रन र हुर्कन मै भ्याईनभ्याई छ । हुनपनि कस्ती साच्ची परि जस्ती ।

 

 

 

घुमेर सकेपछि फर्कने सुरसार हुदैथियो यसो गेटतिर नियाले उनिहरु प्mर्कदैथिय केटाहरुलाई छिटो जाउँ भनि अघि लागे । बाकि यो थियो , यो पनि गयो अव रोमियो बन्नी भयो केटाहरु एडाउदै हास्दै पछिपछि लागे । जेठ असारको महिना थियो, दिनभर धुम्म बादल लागेर शित्ल नै थियो तर अव पानि पर्न थनलिसकेको उनिहरु छाता वोकेर आएका रहेछन् तर हामिलाई भिज्नुको विकल्प थिएन । तर अचम्म सबैसाथी छातामुनि थिए तर उस्को कस्तो रहर पानिमा भिज्ने , मोवाइल साथिलाई दिई पानिका थोपासंग खेल्न थाली प्रत्यक पानिका थोपा संग अंगअंगमा कोमल स्पर्श गरिरहेका थिए, कति भाग्यमानि यो झरी जस्ले उसको केशको कोमलता महसुस ग¥यो अघीसम्म त्यहि काम शिरसिर वतासले गरिरहेको थियो । साचि कति शक्ति छ है यो प्रकृतिमा ? प्रकृतिको ब्यापकता देखेर लोभ लागेर आयो । पानि दर्केर परिरहेको थियो । एकछीन त लाग्यो आफुले भोगिरहेको जीवन साट्न मिल्ले भए त्यहि एक थोपा पानीसंग साटी उसैमा विलिन हुन पाए हुन्थ्यो  यतिवेला सम्म उ निथ्रुक्क भिजिसकेकी थिई । त्यती सुन्दर नारिरुप त्यसरी भिजेको कहिल्यै नदेखेको मान्छे । दिलमा अनौठो तरङ् पैदा भयो । यो सृस्टीमा कत्रो ताकत यो प्रकृतिमा कति धेरै सौन्दर्य ? शिरदेखी पाउसम्म नियाले सम्पुर्ण प्रकृति त्यहि मान भित्र पाय । नारिलाई शृष्टीकर्ता भनेको बच्चा जन्माउने भएर मात्र भनेको रहेनछ । केही वेर अघिसम्म उसलाई पाउने को भाग्यमानि होला भनी सोचेको अव त्यो भाग्यमानि आफैलाई बन्न मन लाग्यो ।  म पनि प्रकृतिमा रमाउन चाहाने मान्छे कस्तो म्याचिङ भएको, मनमनै खुसिले मुस्कुराय ।

त्यतिबेला सम्म गाडि चढ्ने ठाँउ आईसकेको थियो । उनिहरु चढेको गाडी सिटप्याक भैसकेको थियो । नचाहेरै पनि अर्को गाडिमा चढ्यौ । उ चढेको गाडि विस्तारै अघि बढ्यो र विस्तारै आँखाबाट सानो सानो हुदै विलिन भयो । त्यसपछि उसलाई कतै देखिन र एक्कासी एक बर्षपछि म बजारबाट रुममा पुग्दा कुर्सिमा उपरखुट्टी लगाएर बसेको देखे ....

ला..! ४ बजी सकेछ जान्छु पछि विस्तारमा गफ गरौला भनि जुरुक्क उठेर हीड्न तयार भयो । लौ कस्तो खालको मान्छे हो विचमा ल्याई यता न उताको बनाएर जान थाल्यो रिसपनी उठ्यो तर बनावटि हास्दै ठिकै छ म फोन गरुला बरु हजुर कैले पुर्सद छ भन्न न ? आउदो २५ गते पक्का । ‘‘ म वाचा गर्दिन भरोसा गर्नुस् । ” पक्का फोन गर्छुनी , हुन्छ । उ पछाडि नी नहेरी सरासर हिड्यो र एकछिनमा दृष्टिबाट हरायो । म अलपत्र भए , न साथीसंग घुमियो न कथा पुरा भयो । के गर्न सकिन्छ र । आफुलाई चित्त बुझाई एकछिन त्यहि साथिसंग घुमेर कोठातिर पर्कियौ......... 

 

[क्रमश......]
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सानिध्य (भाग–१)

माधब न्यौपाने || सोच्न त के के सोचे हुम्ला कसैलाई फुक्र्याय हुँला, कतिलाई घोचे हुँला । कहि पाउदै नपाउने रहरहरु...

सानिध्य (भाग–२)

- माधब न्यौपाने || कयौं कथाहरु लेख्नकै लागि लेखिन्छन भने कयौं कथा कहानि नलेखियरै जुगौँजुग बाँचिरहन्छन् । कति घटना कपोकल्पित...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको