बहिरोपनको समाधान, के हो कक्लियर इम्प्लान्ट?

सोमबार, २९ जेठ २०७४

 

विभिन्न कारणले कान कम सुन्ने हुन सक्छ। जसको उपचारबाट सुन्ने शक्ति पुनः प्राप्त गराउन सकिन्छ। तर, कानको भित्री भागमा समस्या भई पूरै नसुन्ने भएमा साधारण उपचार वा मेसिन (हियरिङ एड)को प्रयोगबाट सुन्ने समस्या समाधान हुँदैन।

 

सुन्नै नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन नयाँ–नयाँ प्रविधि आविस्कार भएका छन्। विभिन्न आधुनिक प्रविधिमध्ये सुन्न नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने संसारमा अत्याधिक प्रयोगमा आएको यन्त्र हो, कक्लियर इम्प्लान्ट

 

'कक्लियर इम्प्लान्ट' मानव कानले जस्तै सुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो। यसको दुईवटा भाग हुन्छन्। एउटा भाग शल्यक्रिया गरेर कानको पछाडि छालाभित्र हड्डीमा जडान गरी तार युक्त 'इलेक्ट्रोड'हरुलाई कानको भित्री भाग 'कक्लिया'मा राखिन्छ। अर्को भागलाई 'स्पिच प्रोसेसर' भनिन्छ। जुन छालाबहिर रहन्छ र चुम्बकद्वारा भित्री भागसँग जोडिन्छ।

 

बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ। जसबाट वातावरणको आवाज 'स्पिच प्रोसेसर'सम्म पुग्छ। स्पिच प्रोसेसरले विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको 'इम्प्लान्ट'मा 'रेडियो फ्रिक्वेन्सी सिग्नल'बाट पठाइन्छ। यसरी आएका 'ध्वनि शक्ति' भित्र जडान गरिएको इम्प्लान्टबाट विद्युतीय शक्तिमा परिणत हुन्छ। जुन कक्लियामा राखिएको इलेक्ट्रोडहरुसम्म पुग्छ। त्यहाँबाट यी विद्युतीय सूचना नशा (कक्लियर नर्भ) मार्फत दिमागसम्म पुग्छ र आवाज सुनिन्छ। आवाजको पहिचान दिमागले गर्छ। यसरी 'कक्लियर इम्प्लान्ट'ले कानको खराब भइसकेको भित्री भाग कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्‍याउँछ।

 

कसका लागि लाभदायक?

१) जन्मजात कान नसुन्ने व्यक्तिमा बोलीको विकास हुँदैन र सदा बहिरो तथा लाटो भएर बस्नुपर्ने हुन्छ। आफ्नो विचार आदान–प्रदान गर्न सांकेतिक भाषाको प्रयोग र दोभाषेको भर पर्नुपर्ने हुन्छ। तर, यो समस्याको पहिचान बेलैमा भयो भने कक्लियर इम्प्लान्ट शल्यक्रिया गरेर सुन्न सक्ने बनाउन सकिन्छ र बोलीको विकासको तालिम दिएर भाषाको विकास गर्न सकिन्छ। कक्लियर इम्प्लान्ट शल्यक्रिया तीन वर्षको उमेरभन्दा अगाडि गरिएमा बोली विकास राम्रो हुन्छ। ६-७ वर्षको उमेरसम्ममा दिमागको नयाँ विकास गर्ने क्षमता (न्यूरल प्ल्यास्टिसिटी) गुमाइसकेको हुनाले ६-७ वर्षको उमेरपछि यो शल्यक्रियाबाट सुन्नमा मद्दत गरे पनि बोलीको विकास राम्रो हुन सक्दैन।

 

२) सामान्य सुनाइ भएर बोलीको पूर्ण विकास भएपछि बहिरो भएको खण्डमा कक्लियर इम्प्लान्टबाट सुन्ने क्षमता फर्काउन सकिन्छ। चोटपटक, ट्युमर, भित्री कानको रोग वा उमेरको कारणबाट सुनाइ शक्ति कम भएर हियरिङ एडको प्रयोगबाट सुनाइमा उपलब्धि हुन सकेन भने कक्लियर इम्प्लान्ट नै यसको सही समाधान हो। मेनिनजाइटिस भएर कान नसुन्ने भएमा सकेसम्म चाँडो कक्लियर इम्प्लान्ट शल्यक्रिया गर्नुपर्ने हुन्छ। ढिलो भएमा शल्यक्रिया जटिल हुनसक्छ र कक्लियर इम्प्लान्टको प्रयोगबाट हुने फाइदामा कमि आउन सक्छ। कक्लियर इम्प्लान्टबाट सुनिने इलेक्ट्रोनिक आवाज अलि फरक किसिमको हुने भएकाले शल्यक्रियापछि केही हप्ता तालिमको आवश्यकता पर्छ।

 

कसलाई फादा गर्दैन?

कानको भित्री भाग कक्लिया नबनेको अवस्थामा तारयुक्त इलेक्ट्रोडहरु राख्ने ठाउँ हुँदैन र कक्लियर इम्प्लान्ट शल्यक्रिया सम्भव हुँदैन। कानको भित्री भाग कक्लियामा राखिएको इलेक्ट्रोडहरुसम्म पुगेको विद्युतीय सूचनालाई दिमागसम्म पुर्‍याउने नशा (कक्लियर नर्भ) नभएको वा काम नगरिएको अवस्थामा पनि कक्लियर इम्प्लान्टबाट फाइदा हुँदैन।

(डा. रविन्द्रभक्त प्रधानाङ्ग शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

टाउको किन दुख्छ? के गर्नुपर्ला?

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या...

थाइराइड रोगबारेका सातवटा भ्रम र बास्तविकता

खानपिनको गडबढीले थाइराइड रोग लाग्ने धेरैलाई भ्रम छ । तर यो खानपिनको गडबढीले हुने रोग होइन् । कुनै थाइराइड रोग...

जसले २० हजारभन्दा बढीको शल्यक्रिया गरिसके

डाक्टर सुवोध अधिकारी राजधानी सहरको एउटा व्यस्त र सिद्धहस्त सर्जनको नाम हो । उनले झन्डै तीन दशक बिताइसके सर्जरीमा, त्यो...

हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस

बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ । मानव स्वास्थ्यमा नयाँ समस्या पनि निम्त्याइरहेको पाइएको छ । सन्दर्भः हाई ब्लडप्रेसरको...

कस्ता स्वास्थ्य समस्यामा कस्ता डाक्टरलाई भेट्ने?

बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ। जसका लागि बिरामीले आफ्नो रोगअनुसार विशेषज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ। रोगअनुसार सही डाक्टर...

मधुमेहबाट आँखा बचाउने यस्ता १० सूत्र

नेपालमा लगभग पाँच लाख २७ हजार मानिसलाई मधुमेह रोग रहेको अन्तर्राष्ट्रिय मधुमेह संगठनको अनुमान छ। ती मधुमेहका बिरामीमध्ये ५० प्रतिशतमा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको