भरतपुर अस्पतालले थप्यो करोडौँका उपकरण

बिहिबार, २९ असार २०७४

 

चितवन– भरतपुर अस्पतालले सेवा विस्तारका लागि करोडौँका उपकरण खरिद गरेको छ। नयाँ आर्थिक वर्षसँगै अस्पतालको सेवालाई थप विस्तार गर्न नयाँ उपकरण ल्याइएको हो। अस्पतालमा करिब २३ करोड मूल्य बराबरका विभिन्न उपकरण ल्याइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जनाए। 

‘केही उपकरण आइसकेको छ भने केही आउने क्रममा छ,’ डा. मरासिनीले भने, ‘अस्पतालको सेवा विस्तार गर्न र गुणस्तर सुधार गर्न उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा पहल गरेर बजेट ल्याइएको हो।’ 

मिर्गौलाको उपचारका लागि ल्याइएको १२ वटा डायलाइसिस मेसिन जडान सुरु भइसकेको अस्पतालले जनाएको छ। त्यस्तै, आउँदो आर्थिक वर्षबाट अस्पतालमा न्युरो सर्जरी सेवा पनि सुरु गर्न लागिएको डा. मरासिनीले जानकारी दिए। न्युरोका लागि अलग्गै कक्ष बनाइएको अस्पतालले जनाएको छ। यसका लागि चिकित्सकको नियुक्ति समेत गरिसकिएको छ। 

यस्तै, शल्यक्रिया कक्षमा थप चार वटा एनेस्थेसिया मेसिन जडान गरिएको छ। शल्यक्रिया कक्षमा एक्सरे गर्न मिल्ने सिआम मेसिन, पाँच वटा भेन्टिलेटर मेसिन र शवगृहमा शव राख्नका लागि १५ वटा मर्चरी मेसिन थपिएको छ। 

यसैगरी, प्रोटेबल एक्सरे दुई वटा, अल्ट्रासाउन्ड र कपडा धुने मेसिन यही आर्थिक वर्षभित्र ल्याइसक्ने अस्पतालको योजना छ। नेपाल सरकारले दिने नियमित बजेटभन्दा अलग्गै बजेट माग गरी नयाँ मेसिन खरिद गरिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले जनाए।

 

Source: Swasthyakhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सप्तरीमा विनादर्ता संचालनमा रहेका एक दर्जन औषधि पसल बन्द

औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । ...

पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा

पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको