सुन्दरताका लागि महत्वपुर्ण भिटामिनहरू

मङ्गलबार, २० भदौ २०७४

 

भिटामिन ए : एन्टी एजिङ
स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी भिटामिन एले भरपूर डाइट खाएर तथा रेटिनाइटयुक्त नाइट क्रिम वा लोसन लगाएर पनि यसको फाइदा लिन सकिन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ ।

– भिटामिन बीयुक्त क्रिम वा लोसनले अनुहारको दाग–धब्बा मेटाउँछ ।- यस्तो क्रिमले चाँडै काम गर्छ ।- एक हप्तामै यसको सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ ।

याे पनि पढ्नुहाेसः  यी हुन् डण्डिफोर च्वाटै निको पार्ने घरेलु उपाय

 

भिटामिन बी : रेडनेस
भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बीले हाइड्रोसनको स्तर पनि बढाउँछ । अनुहारको प्राकृतिक सौन्दर्य जोगाउन भिटामिन बीको भूमिका महत्वूपर्ण हुन्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ ।

– भिटामिन बीयुक्त क्रिम लगाए छालामा प्राकृतिक चमक आउनुका साथै मुलायम पनि हुन्छ । – भिटामिन बीयुक्त क्रिम वा लोसनले मसाज गरे छाला कसिलो हुनुका साथै सुन्दर पनि देखिन्छ ।- सुख्खा एवं संवेदनशील छालाका लागि भिटामिन बी फाइदाजनक हुन्छ ।

याे पनि पढ्नुहाेसः  २ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

 

भिटामिन सी : दाग–धब्बा हटाउँछ
भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजनको निर्माण गर्छ । बजारमा प्रशस्त भिटामिनयुक्त क्रिम, लोसन, सिरम, तेल आदि पाइन्छन् । खानपानबाट पनि भिटामिन सी प्राप्त गरी प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

– भिटामिन सीले फाइन लाइन र सुख्खापन भगाउँछ ।- भिटामिन सीले मृत छाला वा कमजोर छालालाई स्वस्थ बनाउँछ ।- घरबाहिर निस्कनुअघि भिटामिन सीयुक्त क्रिम प्रयोग गरेर सन्सक्रिम लगाए अनुहारलाई फाइदा मिल्छ ।

याे पनि पढ्नुहाेसः थरीथरीका हेयरस्टाइल : अहिले कुन स्टाइल रुचाइएको छ ?

 

भिटामिन ई : मोइस्चराइजर
भिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई क्रिम तथा लोसनबाट पर्याप्त मात्रामा भिटामिन प्राप्त गर्न सकिँदैन । प्राकृतिक रूपमा भिटामिन प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ ।

– भिटामिन ईयुक्त तेलले अनुहार तथा छालाको रातो हटाउँछ ।- भिटामिन ईयुुक्त सिरमले सुख्खा छालालाई मुलायम बनाउँछ ।- भिटामिन ईयुक्त तेल वा क्रिम नियमित लगाए स्ट्रेच मार्क एवं दाग–धब्बा हट्छन् ।

याे पनि पढ्नुहाेसः यस्तो छ नेल आर्ट गर्ने तरिका


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सौन्दर्य टिप्स: बर्षातमा मेकअप कसरी गर्ने ?

बर्षातमा मेकअप बग्ने सम्भावना बढी रहन्छ । यस समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिला अनुहारलाई राम्ररी धुने । त्यसपछि बरफको एउटा...

लिपस्टिक लगाएको समय ख्याल गर्नैपर्ने कुरा

ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक...

पुरुषलाई अरुभन्दा भिन्न देखाउन सहयोग गर्ने यी ८ स्टाइल ट्रिक्स

सुन्दर र स्टाइलिश देखिनु महिलाहरुको मात्र कपी राइट होइन, पुरुष पनि सुन्दर र स्टाइलिश देखिन सक्छन् । त्यसकारण आधुनिक पुरुष...

सौन्दर्य बढाउने मसला हरु यसप्रकार...

हरेक मान्छे सुन्दर बन्न चाहन्छ । बाहिरी सुन्दरता बढाउन त कृत्रिम सौन्र्दयका सामाग्री सहयोगी बन्न सक्छन् । तर, भित्रैदेखि सुन्दर...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको