खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि

मङ्गलबार, २० भदौ २०७४

 

खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो। यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ। धुलिखेल अस्पतालमा सन् २०१३ अगस्टबाट सेवा सुरु गरेपछि हालसम्म चार सयभन्दा बढी बिरामीले रेडियोफ्रिक्वेन्सी एबलेसन गराइसकेका छन्। विभिन्न चरणमा गरिएका अध्यनन अनुसार रेडियोफ्रिक्वेन्सी एबलेसन गराएका बिरामीमा फेरि नशा सुन्निने समस्या दोहोरिएको पाइएको छैन।

याे पनि पढ्नुहाेसः एउटा डाक्टरको बकपत्रः जब बिरामीका ‘एमए पास’ कुरुवाले जथाभावी बोल्न थाले...

 

कसरी हुन्छ रेडियोफ्रिक्वेन्सी एबलेसन?

यो एक प्रकारको शल्यक्रिया नै हो। जसमा भेरिकोज भेन (नशा सुन्निएको) भएको खुट्टालाई पूरै अथवा आंशिक रुपमा केही समयका लागि बेहोस गरिन्छ। त्यसपछि घुँडाभन्दा तलको फुलेको नशाको भागमा सियोको मध्यमबाट रेडियोफ्रिक्वेन्सी एबलेसन गर्ने मसिनो तार छिराइन्छ। यस तारलाई अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट भेरिकोज भेन भएको नशाको मुख्य भागसम्म छिराइन्छ। त्यसपछि छाला तथा भित्री नशालाई हानी नहुने किसिमले भेरिकोज भेन भएको नशालाई सात-सात सेन्टिमिटर गर्दै पूरै नशालाई जलाइन्छ। यो प्रक्रियाका लागि करिब १५ देखि २० मिनेट समय लाग्छ। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि कुनै-कुनै भागमा औषधि हालेर जलाइन्छ भने कुनै भागमा सानो आकारमा चिरेर खराब नशालाई बन्द पनि गरिन्छ।

 

 

याे पनि पढ्नुहाेसः पेटको दुखाई पत्ता लगाउन ल्याप्रोस्कोपी

 

रेडियोफ्रिक्वेन्सी एबलेसनपछिको अवस्था

रेडियोफ्रिक्वेन्सी अबलेसन गरेपछि सोही दिन अथवा भोलि पल्ट बिरामी घर जान सक्छन्। बिरामीले दैनिक क्रियाकलाप भोलि पल्टैबाट सुरु गर्न सक्छन् भने अवस्था हेरेर ३-४ दिनमा नियमित काममा फर्किन सक्छन्। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि करिब दुई साता ब्यान्डेज लगाउनु राम्रो हुन्छ। विशेषगरी, वैदेशिक रोजगारीबाट आएका बिरामीको हकमा १२ दिनपछि लामो यात्रामा तथा काममा फर्कन मिल्छ।

 

 

याे पनि पढ्नुहाेसः डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ

 

 

रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदा

शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ, शल्यक्रियामा कम रक्तस्राव हुन्छ, दुखाइ कम हुन्छ, आफ्नो काममा छिटो फर्कन सकिन्छ, छालामा सानो घाउ/दाग मात्र रहन्छ। आदि।

 

भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्ने
(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने,
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने,
(३) खुट्टाको हलुका कसरत गर्ने,
(४) कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने,
(५) सिँढी तलमाथि धेरै नगर्ने।


(डा. कर्मचार्य धुलिखेल अस्पतालको कार्डियो थोरासिक तथा भास्कुलर विभागमा कार्यरत छन्)


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यस कारण बढ्दै छन् गर्भपतन गराउने नयाँँ पुस्ता

पछिल्लो समय अस्पतालमा गर्भपतन गराउने महिलाको संख्या बढ्न थालेको छ । तर, कतिपयले चिकित्सकको सल्लाहविनै विभिन्न खालका औषधिको सेवन गरी...

सुनिता तब झस्किइन् जब डाक्टरले भित्री बस्त्र खोल्न भने

दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो । कहिले...

डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ

हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको...

पाठेघरको मुखको क्यान्सर हुने ९ कारण र १० लक्षण

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको