बलात्कारी बाबाको अर्को कर्तुत : 'पहिले औषधि खुवाएर बेहोस बनाउँथे पछि गुप्ताङ्ग काटिदिन्थे'
शुक्रबार, २३ भदौ २०७४

बीबीसी । दुई महिला साधुको बलात्कार गरेको आरोपमा २० वर्ष जेल सजाय पाएका बलात्कारी बाबा रामरहिमको अर्को भयानक कर्तुत बाहिरीएको छ।
डेरा सचा सउदा संगठनका प्रमुख बाबा रामरहिमले डेराका पाँच सय पुरुषलाई नपुङ्सक बनाएको आरोप समेत लागेको छ। डेराका पुरुष भक्तलाई नपुङ्सक बनाएको आरोपमा अदातलमा परेको मुद्दा यतिवेला हरियाणा अदालतमा विचाराधिन छ।
उनीविरुद्ध उजुरीका लागि डेराका पूर्व भक्त हम्सराज अदालतसम्म पुगेका थिए। बाबा राम रहिमले पाँच सय पुरुष भक्तलाई नपुङ्सक बनाएको ती भक्तको आरोप छ। उनका अनुसार बाबाका कारण अहिले उनीहरुले नर्कको जीवन बताउँदै आएका छन्।
बीबीसीसँग कुराकानी गर्दै हम्सराजले भनेका छन्, 'बाबाले साधुलाई नपुङ्सक बनाउन पहिले एक घोडामा प्रयोग गरेका थिए। घोडाको प्रयोगपछि उनले पहिले सिनियर साधु र पछि जुनियर साधुलाई नपुङ्सक बनाए। जुन काम पैतृक गाउँ गुरुसर मोडियाको अस्पतालमा भएको थियो। '
पहिले साधुको संख्या कम भएकाले उक्त काम गाउँको अस्पतालमा हुने गरेको थियो भने साधुको संख्या बढ्दै गएपछि अस्थायी अस्पताल बनाएर उक्त काम गरेको उनको आरोप छ।
बाबाले भगवानको सिद्धी प्राप्ति र भक्तिमार्ग मन लाग्ने भन्दै उक्त काममा दबाब दिदै आएका थिए। उनले भने, 'साधुलाई नपुङ्सक बनाउन पहिले कालो रंगको औषधि र अमृतरस नामको शर्बत पिलाइन्थ्यो। जसका कारण साधु बेहोस हुन्थे र उनको गुप्ताङ्गको अपरेशन गरेर नपुङ्सक बनाइन्थ्यो। '
उनका अनुसार नपुङ्सक बनाएका साधुलाई बाबाले आफ्ना परिवारका सदस्य र गुफाको सुरक्षाका लागि तैनाथ गर्ने गर्दथे। उनले यौन शोषण र नपुङ्सक बनाएको अरोपमा बाबामाथि फाँसीको सजाय हुनु पर्ने बताएका छन्।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
बलात्कारी बाबा राम रहिमको सत्यता बाहिर ल्याउने पत्रकारलाई गोली हानियो
भारतको हरियाणा पंचकुला स्पेशल सिबिआई कोर्टले डेरा सच्चा सौदा नामको संस्थाका प्रमुख गुरमीत सिंह राम रहिमलाई बलात्कार मामलामा दोषी ठहराएको...
बलात्कारी बाबाका कारण आलिया भट्ट संकटमा
बलात्कारी बाबालाई सजाय तोकिएका कारण बलिउड अभिनेत्री आलिया भट्ट समस्यामा परेकी छिन् । बमबमलाई शुक्रबार सिबिआइ अदालतले दोषी ठहर गरेकोमा...
बलात्कारी बाबाको हेडक्वार्टरको कर्फ्यू लगाएर खानतलासी, १० डोजर र ६ हजार सुरक्षाकर्मी
बलात्कारी बाबा राम रहीमको ‘हेडक्वार्टर’मा आज खानतलासी भइरहेको छ । यसका लागि ६ हजार जवान परिचालन गरिएका छन् । सुरक्षा...