श्रीमती महिनावारी हुँदा श्रीमानले गर्नुहोस् यी १० काम

आइतबार, ०१ असोज २०७४

 

महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।

 

महिनावारीको क्रममा के गर्ने पुरुष ?

बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन ।

महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन ।

पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।

 

मूडलाई बुझ्नुहोस्ः

महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् ।

 

हट वाटर ब्याग दिनुहोस्ः

महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।

 

डार्क चकलेट खुवाउनुहोस्ः

डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।

 

तरकारी र फलफूल खुवाउनुहोस्ः

केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

 

मसाज गर्नुहोस्ः

महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।

 

व्यायाम गराउनुहोस्ः

हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।

 

धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्ः

महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।

 

आराम गर्न दिनुहोस्ः

तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ ।

 

चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्ः

मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ ।

 

डाक्टरलाई भेट्नुहोस्ः

यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

महिनाबारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका...

महिनावारीको बीच तिर तल्लोपेट किन दुख्छ ?

महिनावारी भएको करीब २ हप्ता पछि तल्लो पेटको एकापट्टी मात्रै (दायाँ वा वायाँ पट्टी) दुख्ने हुन्छ । थाहा पाउँन पर्ने...

महिनावारीमा पेट दुख्छ ? अपनाउनुहोस् यि घरेलु उपचार विधि

महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य...

महिनावारीमा नियमित दही खाने कि ?

दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन...

महिनावारी पर सार्न चाहनुहुन्छ ? अपनाउनुस् यी ८ प्राकृतिक तरिका,

साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट...

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुन्छ ? अपनाउनुस् यी १० सरल तरिका

महिनावारीको क्रममा हर्मोनको संतुलन बिग्रने भएकाले वा स्वस्थ खानेकुरा नखाएका कारण थुप्रै पटक अत्यधिक रक्तश्राव हुने गर्दछ । यसलाई मेनोरहेजिया...

महिनावारीमा देखिने यस्ता ५ रंगको रगतबाट थाहा हुन्छ तपाईको रोग

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५...

महिनावारीमा देखिने समस्या र समाधान

महिनावारी भनेको महिलाहरुको मासिक धर्म-चक्रको क्रमशः बन्द हुने प्रक्रियाको शुरुवात हो । यो कुनै बिमार (रोग) होइन । बरु यसलाई...

गर्भावस्थाको ९ महिनाः कुन महिना के गर्ने ?

जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने...

गर्भधारणका लागि कुन महिना उपयुक्त ?

यो संसारका धेरै प्राणीको बच्चा जन्माउने प्राकृतिक समय छ । प्रकृतिले नै उनीहरुको सहवास र सन्तान उत्पादन प्रक्रिया नियन्त्रण गरिरहेको...

महिनावारी हुदा मेडिकलको ‘सेनिटेरी प्याड’ किन्ने क्षमता नभएका महिलाहरुले प्रयोग गर्ने गरेको ‘कपडा’ के सुरक्षित छ त ?

पाठेघरको मुखमा संक्रमण भएर प्रस्तावित चरिकोट अस्पतालमा उपचार गर्न आउनुभएकी भीमेश्वर नगरपालिका–७ की ईश्वरी मुग्राती सुरक्षित प्याडको बारेमा अनभिज्ञ हुनुहुन्थ्यो...

महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया हो। महिनावारीको समयमा सामान्यतया एक महिनामा ३ देखि ४–५ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको