सानिध्य (भाग–५)

बिहिबार, १५ भदौ २०७४

- माधब न्यौपाने
दाङ, हाल किर्तिपुर काठमाण्डौ

 

#पछिल्लो अंक (भाग ४) को लागि यहाँ किलिक गर्नुहोस 


आज निकै खुसि थिए म किनकी लामो प्रतिक्षा थियो यो दिनको लागि । साझ साथि फोन गरेर आयो खाना रेडि परि सकेको थिए । पार्टिको नाममा कोक, मासु र १ डब्बा चुरोट पहिलेनै व्यबस्था गरेको थिए ।

 

उ आयो उस्तै चेहरा दारि बढेर अलि लामो भएको थियो, खाइलाग्दो शरिर, उस्तै शान्त र गम्भीर, आखाँमा एउटा अटुट दृष्टि, उस्तै मन्द मुस्कान । त्यो सुगठित शरिर अनि उस्तै चुरोटको गन्ध । उ आईसकेपछि सन्चोविसन्चो र खानपिन को कार्यक्रम भयो । वेलावेलामा संवाद चलिरहदा उसका जवाफ उस्तै सटिक, गहकिला र सजिलै नबुझिने हुन्थे । म उ, उस्को कहानि, उस्का जवाफमा झनझन आकर्षित हुदै थिए र फेरी कोट्याय उस्को विगत । उभन्दै गयो.....

 

त्यो दिन घुमेर फर्केपछि मेरो दिमाग रातभर घुमिरयो र रुक्दैरुकेन एक मिनेट पनी, निरन्तर सोचिरहे सम्झीरहे त्यो धपक्क बलेको रुपरङ्ग, त्यो पानिपानि भएको जवानि, अहिलेनै छचल्कीएला, पोखिएला झै लाग्ने बैश तर कति पबित्र कति निश्चल हेरेरै नअघाइने, कति टलकदार ति आखाँ स्फटिक झै चम्कीरहने, कति सुहाउदो दन्तलहर अझ गालाको डीम्पलले त्यसको सुन्दरतालाई चुलाईदिएको थियो । सोचे साथी छोडेर भएपनि उ चढेकै गाडिमा आको भए हुनी नि ? साथीलाई त भोली फकाइहाल्थे नी । हुन त वितिसकेको कुरा सम्झेर के फाईदा ? भाग्यमा छ भने फेरी भेट होला । अव कतै भेटेमा चाहि कुनैपनि मौका गुमाउनु हुदैन । आफै अठोठ गर्थे आफै कल्पना पनि । प्रेम वकवास हो भनि साथिहरुलाई प्रवचन दिदै हिड्ने मान्छे त्यो दिन आफ्नै धरातलमा भासियको थिए म । अझ भनु अग्रज र साथिहरुको अनुभवलाई लालछाप लगाई प्रेमलाई पैशा, समय र दिमाग को सत्यानास गर्ने खाडलका रुपमा लेक्चर दिदै हीड्ने भलाद्मी थिए म । आज आफु आफुभित्रै जल्न, भासिन, सिद्धिन तयार छु कस्तो व्यचैन ? यो भन्दा अघि पनि थुप्रै केटीहरु नजिकीन चाहे म दृढ थिए मलाई कुनै प्रवाह थिएन आज म स्वयं पग्लीदैछु, पोखिन तयार छु तर उस्को वारेमा नामसम्म नि थाहा थिएन । फेरी भेटिन्छ की भन्दै केहि महिना सम्म प्राय गाडिमा हिड्दा मेरा नयनले सधै एउटा चित्र खोजिरहे तर कैले भेटिन । एकदिन रत्नपार्कमा उस्लाई देखेको भान भयो दैडिएर नजिक गए पछाडिबाट Hello...! भने उ फर्केर हेरी, म निरास भए र Sorry... भनि विदा भए ।

 

त्यसपछि उस्लाई कैले देखीन । त्यसको एक बर्षपछि म बजारतिर घुमेर रुममा पुगे कोठामा ताला लगाको थिइन म सरासर भित्र पसे तर त्यहाँ मेरो रुम पार्टनर थिएन त्यहाँ त उही दिलकी भुकम्प बसेकी थिई म चकित भए । आश्चार्यले सिमा नाघ्यो । म अक्कवक्क भए हाम्रा आखाँ जुधे । मन हर्षित भयो बर्षौदेखि परिचित झै लाग्ने उही आखाँ, आहाँ कति आनन्दीत पल ? यहि पलको लागि कति भौतारिय यि आखाँ , कति खोज्दै हिडे यो चित्रलाई । हजारौ बर्ष तिमिसंगै नजर जुधाएरै विताईदिउ झै लाग्ने तर केही असहज र केही लज्जा मिश्रित भाव तिम्रो अनुहारमा दौडियो र सहजताको लागि फिस्स हासेजस्तो गरि कोठा भित्र पसे । सोचे उसले मेरो दिलमा भुकम्प ल्यायपनि उसको लागि म त आखिर एक अपरिचित न हो । एक दिन, १/२ घण्टा देखेको भरमा उसले कसरी चिनोस ? बत्तिमा होमिन खोज्ने म जस्तो पुतलीको के गल्ती होला र यो परिको लागि ? 

 

म उसको आगमनमा अचम्मीत थिए, परिचय मा अनविग्य तथापी उसको उपस्थितीमा हजारौ गुणा हर्षित थिए । उनै वोली, हजुर हो दादाको पार्टनर ? मेरो सोचमग्नतालाई चिरेर प्रश्नमै उत्तर पस्किएकी थिई उसले, मैले टाउको हल्लाय, उत्तिखेर दादा नमस्कार को सम्बोधन आयो मैले नि जवाफ दिए । हामि दुवै निशब्द भयौं केही वेरका लागि । बोलौ के बोलौ, हिम्मत नै नजुट्ने, नवोलु वहुमुल्य समय त्यसै खेर गएको चिन्ताले सताउन थाल्यो । देख्न पाकोमा खुसि थिए तर दादाको सम्बोधनले कताकता असजिलो महशुस पनि भैरेहेको थियो । त्यो असहजतालाई पार्टनरकै आगमन ले छिचोल्न सक्यो । उ तरकारी लिन गएको रहेछ । आएर साथिले उसलाई मामाकी छोरी १२ को परिक्षा दिएर आएको र मलाई रुम पार्टनर भनेर परिचय गरायो । मैले अघिनै सोधेरै चिनीसके उ बोली । अनि कोठा कस्तो मानिस त  हाम्रो ?  छ्या कति फोहरी भाको । हेर त कति भयो ज्ञास नपुछेको ? कपडा पनि जा पायो त्यहि फालेको छ । उ बकबक गरिरहेकी थिई । त्यो कोठाको अवस्था देखेर म पनि लज्जीत थिए तर उस्को चञ्चलता र चुलवुलेपनामा मन्त्रमुगध थिए म । हामिलाई त मिठो खाना पकाउनै आउदैन आज त नानुले बनाको मिठो खान पाइने भयो । साथिले भन्न नपाउदै, उसले उम पकाउछु खुबै आज त म पाहुना हो । हजुरहरुले नै मिठो बनाएर खुवाउने हो । उनि दाजुबहीनी गफ गर्दै भान्साको कामतिर लागे म चाहि पढेजस्तो गर्दै नजानिदो पारामा उसैलाई नियाली रहेको थिय । उसले दाजुसंग घरबाट आउदा बाटोका घटना, एताको बसाई, घुमघामको योजना, पढाई को योजना...आदी । +2 Science Exam दिएर आएकी रहीछ त्यही गफको शिलशिलामा थाहा पाएको थिए । Entrance Preparation गर्नु छ MBBS को कुन Institute मा गरु ? दादा आज गएर बुझौ न ? पार्टनर भन्दै थियो के हतार भयो र बुझदै गरौला आज Office मा अलि काम छ । नाइ के दादा छिटो गर्नुपर्छ अहिले अन्टिको  घरमा छु २–४ दिन त्यतै बस्ने Institute Fix गरेर Hostel नि खोज्नु छ । पछि Pack  हुन्छ क्या ?  Please... कुरा त ठिकै हो । बरु, ओई विकाश बैनिलाई लगेर Entrance Preparation  सम्बन्धी Institute मा बुझ्देत मेरो काम पर्यो । त्यति भएपछि मलाई के चाहियो मन खुसिले १२ हात माथि उफ्रियो तर शान्त पारामा हुन्छ भनि टाउको हल्लाय । सोचे कति महान छस् है पार्टनर म त कामना गर्छु सबैले त जस्तै  पार्टनर पाउन । खाना तयार भयो खाईवरि सबैजना निस्कीयौ, साथी Office तिर लाग्यो हामि Institute तिर । गाडिमा जादा सम्बाद भयन ओर्लिसकेपछि मैले केही सहास बटुलेर सोधे नाम के हो तिम्रो ? “परु” Nice Name.

 

Thanks...! उ मुसुक्क हासि फेरी पुरानै हासो केही सहज महसुस गरि तिमि पोहोरसाल पनि काठमाण्डौ आएकि थियौ हो ? हो । तर कसरी थाहापाको ? दादालाई त भनेकी थिइन । नाई मैले देखेको । चिन्दै नचिनेको मान्छेलाई देखेको भरमा एक बर्ष सम्म कसरी सम्झेको त ? त्यसैत दिनमै हजारै मानिस देखिन्छन् भने बर्षमा कति देखिय होलान ? मैले चिनेकोमा उ आश्चार्यमा,  उस्को जवाफ दिन नसकेको मा म नाजवाफ ।  भयो छोड , भनि प्रसंग बदल्यौ, Institute खोज्यौ, खाजा खायौं, सामान्य Likes, Intrests बुझेउ, Facebook मा Add. भयौं । केहि Close भयौं अलि सहज परिस्थितीको सिर्जना भयो तर उसको मनमा आफ्नो पोहरसालको आगमन सम्बन्धमा केहि खड्कीएको थियो , सायद । उसले दाजुलाई फोन गरेर म यतैबाट अन्टिकोमा जान्छु भनि र मलाई Bye... Dada... See.. You... पछि आउछु भनि त्यै ज्यानमारा नजरको तिर र प्राणघातक मुस्कुराहटले विदा गरेर गई ।

 

[क्रमश......]


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सानिध्य (भाग–१)

माधब न्यौपाने || सोच्न त के के सोचे हुम्ला कसैलाई फुक्र्याय हुँला, कतिलाई घोचे हुँला । कहि पाउदै नपाउने रहरहरु...

सानिध्य (भाग–२)

- माधब न्यौपाने || कयौं कथाहरु लेख्नकै लागि लेखिन्छन भने कयौं कथा कहानि नलेखियरै जुगौँजुग बाँचिरहन्छन् । कति घटना कपोकल्पित...

सानिध्य (भाग–३)

विहान झसंग विउझिय यसो आखाँ खोलेर हेरेको झ्यालबाट सुर्यले गिज्याइरहेको थियो । मोबाईल हेरे आठ बजिसकेको थियो साथै सात मिसकल...

सानिध्य (भाग–४)

माधब न्यौपाने || ..... त्यो दिन घुमेर फर्केपछि कोठामै थिए । तर मन साह्रै वेचैन थियो । पछि के भयो...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको