महिनावारीमा यस्ता बानी हुनसक्छ तपाईंलाई भारी

मङ्गलबार, २० भदौ २०७४

 

हरेक महिना महिलाहरु महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । तर यतिबेला केही सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्छन् । मेदान्त द मिडिसिटी हस्पिटल, गुडवांवकी स्त्रीरोग विशेषज्ञ डा. सभ्यता गुप्ताले यस्ता ९ गल्तीबारे जानकारी दिएकी छिन् जुन महिनावारीका बेला गर्नुहुँदैन ।

 

याे पनि पढ्नुहाेसः स्तनपान गराउने महिलाले बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

 

शारिरिक सम्बन्धः

महिनावारीका बेला शारिरिक सम्बन्ध स्थापित गर्दा संक्रमणको खतरा बढ्ने गर्दछ । यस्तोमा पीडा पनि बढ्न सक्छ ।

 

अत्यधिक व्यायामः

महिनावारीको क्रममा अत्यधिक व्यायाम वा योगा गर्दा शरिरको रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव हुन थाल्छ । त्यसकारण निकै हल्का व्यायाम गर्नुहोस् ।

याे पनि पढ्नुहाेसः यसकारण बग्छ महिलामा सेतो पानी

 

सरसफाईमा ध्यान नदिनुः

महिनावारीको क्रममा शरिरलाई सफा नराख्दा थुप्र्रै स्वास्थ्य समस्या हुनसक्छ । सेनेटरी न्यापकिनलाई हरेक तीन वा ४ घण्टामा परिवर्तन नगर्दा ब्याक्टेरियल इन्फेक्शनको खतरा बढ्न सक्छ ।

 

व्रत बस्नुः

महिनावारीका बेला शरिरलाई भिटामिन र मिनरल्सको निकै आवश्यकता पर्ने गर्दछ । यस्तोमा व्रत राख्दा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

 

पर्याप्त नसुत्नु:

महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा नसुत्दा शरिर रिल्याक्स हुन पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरिर दुख्नेलगायतका समस्या हुन थाल्छ ।

याे पनि पढ्नुहाेसः महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

 

रासायनिक उत्पादनको प्रयोगः

महिनावारी हुँदा गुप्ताङ्गलाई धुनका लागि रासायनिक उत्पादनको प्रयोग गर्दा पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ ।

 

फास्ट फूड खानुः

महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खाँदा शरिरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन । यस्तोमा शरिर कमजोर हुन थाल्छ ।

याे पनि पढ्नुहाेसः स्तन र सम्भोग – भ्रम,यथार्थ, समस्या र समाधान

 

धेरै कफी पिउँदाः

महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरिरमा पानीको मात्रा कम हुन्छ । यसले पेट दुखाईको समस्या थप निम्त्याउन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

आमा खुसी भए गर्भको बच्चा स्वस्थ्य

जब गर्भमा बच्चा रहन्छ, तब गर्भवती शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । यसले गर्भको बच्चामा सोझो प्रभाव पार्छ ।...

सुत्केरी भएपछि स्वस्थ रहन अपनाउनुहोस् यी नियम

सुत्केरी महिलालाई बढी आराम चाहिन्छ । तर, एकैठाउँमा बसिरहनु भने ठीक हुँदैन । आराम सँगसँगै सामान्य हिँडडुल पनि गरिरहनुपर्छ ।...

गर्भवति महिलाले धुम्रपान गरे हुन्छ यी १० हानी...

धुम्रपान मानव स्वास्थ्यका लागि हानिकारक छ । त्यसमाथि पनि धुम्रपान गर्ने महिला गर्भवति छिन् भने उनको पेटमा हुर्कँदै गरेको बच्चालाई...

‘ढिलो विहे गर्ने महिलामा बाँझोपनाको समस्या’

ढिलो विहे तथा पटक पटक गर्भपतन गराएका महिलामा बाँझोपनाको समस्या देखिएको छ । ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरले...

किन हुन्छ महिनावारीको बेला कम रक्तश्राव ? जानौँ ८ कारण !

प्रायः जसो महिलाहरु महिनावारीसँग सम्बन्धित छुट्टा–छुट्टै समस्याले ग्रसित हुने गर्छिन् । कसैलाई अत्यधिक मात्रामा रक्तस्त्रावको समस्या हुन्छ भने कसैलाई कम...

कुन उमेरमा हुन्छ मासिक श्राव ? मासिक श्रावको बेला ख्याल गर्नैपर्ने कुरा

किशोरवयमा हुने शारीरिक परिवर्तनसँगै मासिक श्राव सुरु हुन्छ । यो प्रक्रिया कसैलाई आठ बर्षको उमेरमा हुन्छ भने कसैलाई १७ बर्षको...

महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया हो। महिनावारीको समयमा सामान्यतया एक महिनामा ३ देखि ४–५ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु...

यसकारण बग्छ महिलामा सेतो पानी

महिलामा सेतो पानी बग्ने कारण दुई किसिमका हुन्छन्, एउटा प्याथोलोजी र अर्को फिजियोलोजिकल । प्याथोलोजिकल भनेको शरीरमा लाग्ने अन्य रोगका...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको