परिवार नियोजन र यसका असर

मङ्गलबार, २० भदौ २०७४

 

हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ । एकल सन्तानको लहर चलिसकेको हाम्रो समाजमा परिवार नियोजन तथा जन्मान्तर अब नौलो विषय रहेन । यसले गर्दा महिलाको स्वास्थ्यमा के–कस्तो असर परेको छ र उनीहरूको धारणा के छ भन्ने विषयमा केन्द्रित यसपटकको नारी बहस :

 

रस्मिला श्रेष्ठ, सौन्दर्यकर्मी तथा लामो अन्तरालमा सन्तान जन्माउने

रस्मिला श्रेष्ठ

छोरी १२ वर्षकी भएपछि मात्र मेरो छोरा जन्मियो । छोरी जन्मिएपछि कन्ट्रोलका लागि पहिले पिल्स खाएँ तर पछि पिल्स खान रोक्दा पनि गर्भ बसेन । सुनेकी थिएँ–गर्भनिरोधक साधनले यस्तो समस्या निम्त्याउँछ । मलाई पनि त्यस्तै लाग्यो । धेरै उपचार गरेपछि एक्कासि १२ वर्षपछि अर्को गर्भ बस्यो । मेरो दोस्रो छोरा छ । यति लामो जन्मान्तर राख्दा पनि गाह्रो हुने रहेछ । पारिवारिक कुराहरू त छँदैछन् । त्यसका अतिरिक्त आफ्नै शरीर, उमेर आदि कुरालाई नियाल्दा छोटै जन्मान्तर ठीक लाग्यो । समयमै बालबच्चा हुर्किए आफूलाई पनि सजिलो र करियरमा पनि सहयोग हुन्छ ।

याे पनि पढ्नुहाेसः सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

 

श्रद्धा अर्याल, टेलिभिजकर्मी

श्रद्धा अर्याल

मैले ५ वर्ष कन्ट्रोल नै गरें । श्रीमान्का बारेमा भन्न सक्दिन तर मैले साइड इफेक्ट गर्छ भनेर कुनै औषधि लिएकी छैन । विवाह भएको ५ वर्ष नाघिसक्यो । अब योजना गर्ने विचारमा छु । मेरो धारणामा महिलाले धेरै लामो जन्मान्तर राख्नुपर्ने आवश्यकता छैन । उमेर घर्किसकेपछि सन्तान जन्माए अझ बढी तनाव झेल्नुपर्ने हुन्छ । पारिवारिक दबाबका साथै शिशु जन्माउने महिलामा पनि विभिन्न समस्या उत्पन्न हुन सक्छन् । पिल्स, नरप्लान्ट, संगिनी सुईजस्ता गर्भनिरोधक अस्थायी साधनका साइड इफेक्ट्स पनि छन् । मेरी साथी संगिनी सुईका कारण ५५ बाट ८५ किलोकी भएकी छिन् । लामो समय पिल्स खाँदा गर्भस्थ शिशुलाई असर परेको र गर्भ नै नरहने समस्या पनि देखिएका छन् ।

याे पनि पढ्नुहाेसः आफ्नै पतिले यौनकर्मी बन्न बाध्य पारिएकी महिलाको दर्दनाक पिडा

 

डा. रोजिना मानन्धर, प्रसूति रोग विशेषज्ञ, केएमसी अस्पताल

डा. रोजिना मानन्धर

परिवार नियोजन र जन्मान्तरका फाइदा–बेफाइदा दुवै छन् । छोटो समयमै अर्को बच्चा जन्माउँदा रक्तअल्पता हुने सम्भावना प्रबल हुन्छ । कम्तीमा पनि २–३ वर्षको अन्तरालमा सन्तान जन्माउँदा एनिमियाबाट जोगिन सकिन्छ । धेरै लामो समयको अन्तर र ३५ वर्ष काटिसकेपछि जन्मिएका शिशु शारीरिक रूपमा स्वस्थ नहुन सक्छन् । त्यस्ता शिशुमा डाउन सिङब्रोम तथा क्रोमोजोमल डिफेक्ट्स देखिनसक्छ । डिपोप्रोभेरा प्रयोग गर्न छाडिसकेपछि पनि त्यसको प्रभाव वर्ष दिनदेखि डेढ वर्षसम्म रहन सक्छ तर त्यसले बाँझो नै बनाउने होइन ।

 

अहिले नरप्लान्टको साटो (पाखुरामा राख्ने) जेब्ली, कपर–टी, खाने निलोकन चक्की आदि गर्भनिरोधक साधन उपलब्ध छन् जसले प्रयोग गर्न छाडेको २–३ महिनापछि मात्र गर्भ रहन दिन्छन्, गर्भ नै नबस्ने असर पार्दैनन् । यस्ता साधनले स्वास्थ्यमा खासै असर नपारे पनि कसै–कसैमा तौल बढ्ने, चायाँ–पोतो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने सामान्य असर देखिन सक्छ । संगिनी सुईले शरीरमा पानीको मात्रा बढाउँछ । प्रेसर, मुटु तथा दमका रोगीहरूले राम्रोसँग जँचाएर चिकित्सकको सल्लाहमा मात्र यस्ता साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

याे पनि पढ्नुहाेसः हिरासतका १० महिना : होशमा आउँदा शरीरमा कपडा नै थिएन

 

राधा कार्की, शिक्षिका

राधा कार्की

लामो समयको अन्तरालमा मेरो दोस्रो बच्चा जन्मिएको हो । पहिले छोरी पाएपछि गर्भनिरोधक औषधि सेवन गर्दा गर्भ बसेन । मेरो अनुहारको छाला पनि बिग्रियो, पिम्पल्स तथा चायाँ देखिन थाल्यो । विभिन्न उपचार गरेर लामो समयपछि छोरा जन्मियो । लामो समयपछि छोरा जन्माउँदा पुन: उही समयमा फर्किएजस्तो लाग्ने रहेछ । छिट्टै सन्तान जन्माए उमेरमै झन्झटमुक्त भइन्छ । धेरै लामो ग्याप राख्दा शारीरिक तथा मानसिक रूपमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । त्यसमाथि पारिवारिक दबाब र आफ्नो बढ्दो उमेर त छँदैछ । सकेसम्म निश्चित समयको अन्तरालमा सन्तान जन्माउनु उत्तम हुन्छ ।

याे पनि पढ्नुहाेसः नेपाली समाज सेक्सप्रति उदार हुँंदै ...

 

मेघना प्रधान, गृहिणी

मेघना प्रधान

म गृहिणी हुँ । मेरी १२ वर्षकी छोरी छिन् । उनलाई जन्म दिइसकेपछि हामीले अर्को सन्तान नजन्माउने सल्लाह गर्‍यौं । गर्भनिरोधक साधन पनि फाप–अफाप हुँदो रहेछ । मलाई यसले त्यति धेरै असर पारेको छैन तर कतिपयमा यसले निम्त्याएको नकारात्मक असर पनि देखेकी छु । सावधानी अपनाई राम्रोसँग जँचाएर मात्र गर्भनिरोधक साधन अपनाउनु उत्तम हुन्छ । सन्तान जन्माउन धेरै लामो ग्याप राख्नु राम्रो होइन । करियर, उमेर एवं पारिवारिक व्यवहारका लागि पनि समयमै सन्तान जन्माउनु उपयुक्त हो ।

 

याे पनि पढ्नुहाेसः सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’ डा करुणा भन्छिन्-‘नेपालीहरु सेक्स गर्न जान्दैनन्,


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

असुरक्षित गर्भपतन नगरौं

नेपालमा गर्भपतन गैरकानुनी भएको बेला लुकीछिपी असुरक्षित गर्भपतन हुने गथ्र्यो । यसले गर्दा मातृमृत्यु बढेको र महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक...

नियमित स्तनपानले घटाउछ मोटोपना !

पौष्टिक आहारका कारणले होस या जंकफुड खानाले होस, हिजोआज बच्चाहरुको तौल चाहिने भन्दा बढी हुने गरेको छ । आफ्नो आमाको...

महिनावारीमा यस्ता बानी हुनसक्छ तपाईंलाई भारी

हरेक महिना महिलाहरु महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । तर यतिबेला केही सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्छन्...

सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

गर्भावस्थाको अवधिमा ‘हेल्दी डाइट’ मा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुन समयमा के-कति मात्रामा भोजन लिँदा आमा र बच्चालाई स्वस्थ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको