बिहिबार, २९ असार २०७४
बीबीसी, एक अमेरिकी अध्ययनका अनुसार विवाहका लागि शिक्षित पुरुषको कमीका कारण पेशेवर तथा उच्च शिक्षा अध्धयनरत महिलाहरु भावी स्वस्थ बच्चाको लागि आफ्ना अण्डा निकालेर फ्रिज गर्नतर्फ लागेका छन् । येल युनिर्भसिटीका शोधकर्ताहरुका अनुसार अमेरिकी महिलाहरु पढ्नमा यति व्यस्त छन् की,गे्रयाजुएट गर्नेको संख्या तिव्र गतिमा बढिरहेको छ । पढाइसकेपछि योग्य जीवनसाथीको खोजी गर्नुको पिरलो पनि खासगरी अमेरीकी महिलाहरुमा बढ्दै गएको अध्ययनकर्ताहरु बताउँछन् । यस्तो अवस्थामा उनीहरु आफ्नो उमेर बढ्दै जाँदा बच्चा जन्माउनका लागि कुनै समस्या नहोस् र बच्चा जन्माउनका लागि महिलामा उत्पादन हुने अण्डा गुणस्तरीय होस् भन्नका लागि अण्डा झिकेर फ्रिज्लाइजेशन गर्ने क्रम बढेको सोधकर्ताहरुले बताएका छन् । सोधकर्ताहरुले यो पनि बताएका छन् की जुन देशका महिला उच्च शिक्षा अध्ययनका लागि युनिर्भसिटी जान्छन् त्याँहा उनीहरुको विवाहका लागि योग्य पुरुषको निकै कमी रहेको छ । ब्रिटेनमा यो समस्या अझै चरम अवस्थामा रहेको सोधकर्ताहरुको भनाई छ । शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा १५० जना महिलाहरुको अन्तवार्ता लिएका थिए ।जस्ले आफ्नो भावी बच्चाका लागि आफ्नो अण्डा झिकेर फ्रिज गरिसकेका छन् । ती महिलामध्ये ९० प्रतिशत महिलाहरुले आफ्नो लागि योग्य पुरुष तत्काल नभेटेका कारण अण्डा फ्रिज गराउनुपरेको बताएका थिए । लेखक तथा प्रोफेसर मार्सा इनहोनले आफ्नो यो अनुसन्धानले नोकरीलाई प्राथमिकता दिने महिलाहरु आमा बन्न चाहान्नन् भन्ने आम अवधारणलाई चुनौती दिएको दाबी गरेका छन् । उनले भनेका छन्–नोकरीवाला महिलाहरु वास्तवमा सन्तान जन्माउन नचाहने हुदैनन्, बरु योग्य पुरुष नभेट्दा सिङगल्स बस्न बाध्य छन् र आफ्नो अण्डा भविष्यको लागि सुरक्षित राख्न फ्रिज गर्नतर्फ जुटिरहेका छन् । स्विजरल्याण्डको जेनेभामा भएको यूरोपियन सोसाइटी अफ ह्युमन रिप्रोक्सन एण्ड एम्ब्रियोलोजी कन्फेरमेसनमा बोल्दै प्रोफेसर मार्साले उच्च शिक्षा लिएका महिलाहरुका लागि उच्च शिक्षा लिएका पुरुषको कमी रहेका बताएको बीबीसीले लेखेको छ ।

अण्डा फ्रिज गर्ने ट्रेन बढे पनि यो प्रक्रिया सजिलो नभएको प्रोफेसर मार्साको भनाई छ । उनका अनुसार महिलाबाट अण्डा निकाल्दा पीडा हुनुका साथै मँहगो पनि छ । उनले यो पनि भनेका छन् की यसरी फ्रिज गरिएका अण्डाहरुबाट बच्चा जन्माउनेको दर पनि निकै कम रहेको छ । बच्चा भन्दा अण्डा निकै नाजुक र संवेदनशिल हुने भएकाले पनि निकै सावधानीपूर्वक यो कार्य गर्नुपर्ने चुनौती पनि उत्तिकै रहेको छ । ब्रिटेनमा सन २०१४ मा ८१६ जना महिलाहरुले आफ्नो अण्डा फ्रिज गराएका थिए यो सन २०१३ को भन्दा १३ प्रतिशतले बढी हो । फ्रिज गरिएका अण्डाबाट बच्चा जन्माउनेको दर २१.९ प्रतिशत रहेको सोधकर्ताहरुको भनाई छ ।
Source: HamroDoctor
To read in your mobile download our android app from google play store.
Click Here To Download
App
थप सामग्री
सप्तरीमा विनादर्ता संचालनमा रहेका एक दर्जन औषधि पसल बन्द
औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । ...
पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा
पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै...
भरतपुर अस्पतालले थप्यो करोडौँका उपकरण
भरतपुर अस्पतालले सेवा विस्तारका लागि करोडौँका उपकरण खरिद गरेको छ। नयाँ आर्थिक वर्षसँगै अस्पतालको सेवालाई थप विस्तार गर्न नयाँ उपकरण...
भावी बच्चाका लागि आफ्नो अण्डा फ्रिज गर्दै शिक्षित महिलाहरु !
एक अमेरिकी अध्ययनका अनुसार विवाहका लागि शिक्षित पुरुषको कमीका कारण पेशेवर तथा उच्च शिक्षा अध्धयनरत महिलाहरु भावी स्वस्थ बच्चाको लागि...