ब्रा बिना सुत्दा तपाईंको छालालाई हुन्छ यी पाँच फाइदा

आइतबार, ०१ असोज २०७४

 

चौबीसै घण्टा ब्रा लगाउँदा तपाईंको स्वास्थ्यमा कस्तो समस्या हुनसक्छ त्यसबारे त तपाईंलाई राम्रोसँग थाहा होला तर ब्राले तपाईंको स्वास्थ्यमा मात्र नभई छालामा पनि विभिन्न समस्या निम्त्याउँछन् भन्दा अचम्म मान्नुहोला । अफिस वा बाहिर जाँदा तपाईं ब्रा नलगाई जान सक्नुहुन्न तर राती सुत्दा यसलाई पक्कै पनि खोलेर सुत्नुहोस् । यस्तो गर्नु तपाईंको छालाको लागि फाइदाजनक साबित हुन्छ ।

 

स्वस्थ र डण्डिफोररहित छालाः

हाम्रो शरिरको संचार प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन्छ लिम्फ्याटिक सिस्टम । लिम्फ्याटिक सिस्टममा रहेको लिम्फ फ्लूड ह्वाइट ब्लड सेल्सलाई सर्कुलेट गरेर छालालाई संक्रमणबाट बचाउने गर्दछ । साथै यो फ्लूडले छालामा भएको टक्सिन, अत्यधिक हर्मोन र फोहोर निष्कासनमा सहयोग गर्दछ । यसकारण यसले छाला र त्यसको प्वाललाई बन्द हुनबाट बचाएर डण्डिफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिने गर्दछ । जब तपाईं ब्रा नलगाई सुत्नुहुन्छ तब यो फ्लूडको सर्कुलेशन राम्रो तरिकाले हुन्छ । फलस्वरुपः स्वस्थ र डण्डिफोर रहित छाला पाउनुहुन्छ ।

 

डार्क सर्कलबाट छुटकाराः

ब्रा लगाएर सत्दा धेरैजसो यसको फिटिङ र इल्यास्टिकका कारण निन्द्रामा हुँदा पनि आनन्दित महसुस गर्न सकिँदैन । जसका कारण तपाईं बारम्बार निन्द्राबाट ब्यूझनु हुन्छ र गहिरो निन्द्राबाट टाढा रहनुहुन्छ । तर ब्रा नलगाई सुत्दा यी समस्याबाट छुटकारा पाउनसक्नुहुन्छ । मज्जाले निदाउनुको अर्थ डार्क सर्कलको समस्याबाट पार पाउनु हो ।

 

स्किन ड्यामेज रिपेयरमा रोकावट आउने छैनः

राती जब तपाईं सुत्नुहुन्छ तब दिनभरीको तपाईंको शरिरमा भएको क्षतीको पूर्ती हुन्छ । अर्थात्, राती शरिरमा सेल रिजेनेरेशन र कालेजन प्रोडक्सनको काम हुन्छ जसले हाम्रो शरिरमा दिनभरी भएको क्षतीको पूर्ती गर्न सहयोग गर्दछ । यस्तोमा जब तपाईं ब्रा बिना सुत्नुहुन्छ भने तपाईंको शरिरले खुलेर सास फेर्दछ । यसले शरिरले धेरै मात्रामा र बिना रोकटोक अक्सिजन पाउँछ र क्षती भएको सेल पुनर्निमाणमा कुनै बाधा उत्पन्न हुन दिँदैन ।

 

अनुहार चम्किलो हुन्छः

ब्रा बिना सुत्दा शरिरमा रक्तसंचार राम्रोसँग हुन पाउँछ । जब रक्तसंचार राम्रो हुन्छ तब हाम्रो शरिरले पर्याप्त मात्रामा अक्सिजन पाउँछ फलस्वरुपः यसको नतिजा अनुहार चम्किलो हुने गर्दछ ।

 

छाला पोल्ने वा चिलाउने हुँदैनः

ब्रा लगाएर सुत्दा यसको स्ट्रिपमा राखिएको इल्यास्टिकक वा हुक्सका कारण छाला पोल्ने, चिलाउनेलगायतका समस्या निम्तिन सक्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

कसिलो ब्राले टाउको र ढाड दुखाउँछ

कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ -----

ब्राजिलका फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना

ब्राजिलियन फुटबलरसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ । विमानमा चालक दलका ९ सदस्यसहित ८१ जना थिए ।

ब्रा किन्नुभन्दा पहिले याद राख्नुहोस् यी महत्वपूर्ण कुराहरु

बजारमा धेरै विकल्प भएपनि महिलाहरु सधैं सही ब्रा छनोट गर्न असमर्थ हुन्छन् । ब्रा किन्ने तरिका थाहा नहुँदा महिलाहरु अन्त्यमा...

सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । ...

२४ घण्टा ब्रा लगाउनु हुन्छ खतरनाक !

तपाईले धेरै राम्रो लुगा लगाउनु भएको छ । तर,तपाईको इनर वेयर साइजको छैन र तपाई त्यसमा सजिलो अनुभव गर्नु हुन्न...

महिलाले सुत्दा ब्रा लगाउनु हुन्छ कि हुँदैन ? यस्तो छ वास्तवकिता

महिलाहरुले सुत्दाखेरी भित्री कपडा ब्रा लगाउन हुन्छ कि हुँदैन भन्ने विषयमा फरक फरक धारणा रहेको पाइन्छ । कतिपय महिलाहरु रातको समयमा...

महिनावारीमा यस्ता बानी हुनसक्छ तपाईंलाई भारी

हरेक महिना महिलाहरु महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । तर यतिबेला केही सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्छन्...

पाठेघरको मुखको क्यान्सर हुने ९ कारण र १० लक्षण

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस...

गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर

सबै महिलाले ब्रा लगाउँने गर्दछन् । तर त्यसको साइजको बारे थोरै महिलाले मात्र जानकारी राख्छन् । गलत साइजको ब्राले महिलामा...

के तपाईमा सेतो पानी बग्ने समस्या छ ? यसरी हटाउनुहोस्

सेतो पानी बग्ने समस्या धेरै महिलामा देखिन्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या सुरु हुन्छ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको