महिनावारीको बेलामा गरिने सम्भोगका केहि रोचक तथ्यहरु: (विस्तारमा)

आइतबार, ०१ असोज २०७४

 

सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

 

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :


१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

 

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

 

३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

 

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

 

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

 

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

 

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।


८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ ।

यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

 

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।


१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ?

म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप गराउँदा श्रीमान्–श्रीमती दुवैमा कमजोरी...

महिनावारीको बीच तिर तल्लोपेट किन दुख्छ ?

महिनावारी भएको करीब २ हप्ता पछि तल्लो पेटको एकापट्टी मात्रै (दायाँ वा वायाँ पट्टी) दुख्ने हुन्छ । थाहा पाउँन पर्ने...

महिनावारीमा यौन सम्पर्क राख्नु राम्रो

मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत...

सबैले सोध्छन् ‘म्याडम तपाइ किन महिनावारी नभएको’

“मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ। मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको...

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुन्छ ? अपनाउनुस् यी १० सरल तरिका

महिनावारीको क्रममा हर्मोनको संतुलन बिग्रने भएकाले वा स्वस्थ खानेकुरा नखाएका कारण थुप्रै पटक अत्यधिक रक्तश्राव हुने गर्दछ । यसलाई मेनोरहेजिया...

महिनावारीका बेला बढी दुख्छ पेट ? यसरी गर्नुहोस् समाधान

अविवाहिता महिलाको महिनावारीका वेला तल्लो पेट दुख्नु स्वाभाविक प्रक्रिया नै हो । यस्तो वेला केही पीडा हुँदैमा धेरै आत्तिनु हुँदैन...

किन हुन्छ महिनावारीको बेला कम रक्तश्राव ? जानौँ ८ कारण !

प्रायः जसो महिलाहरु महिनावारीसँग सम्बन्धित छुट्टा–छुट्टै समस्याले ग्रसित हुने गर्छिन् । कसैलाई अत्यधिक मात्रामा रक्तस्त्रावको समस्या हुन्छ भने कसैलाई कम...

महिनावारी हुदा मेडिकलको ‘सेनिटेरी प्याड’ किन्ने क्षमता नभएका महिलाहरुले प्रयोग गर्ने गरेको ‘कपडा’ के सुरक्षित छ त ?

पाठेघरको मुखमा संक्रमण भएर प्रस्तावित चरिकोट अस्पतालमा उपचार गर्न आउनुभएकी भीमेश्वर नगरपालिका–७ की ईश्वरी मुग्राती सुरक्षित प्याडको बारेमा अनभिज्ञ हुनुहुन्थ्यो...

महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया हो। महिनावारीको समयमा सामान्यतया एक महिनामा ३ देखि ४–५ दिनसम्म गर्भशायबाट रगत र केही कोषहरु...

श्रीमती महिनावारी हुँदा श्रीमानले गर्नुहोस् यी १० काम

महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको