के तपाईंलाई अल्सर छ ? थाहा पाउनुस् यसका संकेत

आइतबार, ०१ असोज २०७४

 

पाचन प्रणालीसँग जोडिएको अल्सर एक विशेष रोग हो । यसमा आमाशय, खाने नली र सानो आन्द्राको सुरुको भागमा घाउ वा प्वाल पर्ने गर्दछ । साधारणतया धेरै पिरो र मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिडको मात्रा बढ्ने गर्दछ, तब यो रोग लाग्ने गर्दछ । यसका साथै पेटमा ब्याक्टेरियाको संक्रमणका कारण पनि यो समस्या हुनसक्छ ।  

 

दिल्लीको पुष्पावती सिंघानिया रिसर्च इन्स्टिच्यूटका वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. दिनेश सिंघलले पेटमा अल्सर भएको संकेतबारे जानकारी दिएका छन् ।

 

थुप्रै प्रकारका हुन्छन् अल्सरः

समस्याको हिसाबले अल्सरका विभिन्न प्रकार हुन्छन् जस्तै पेप्टिक अल्सर हुँदा पेट भित्रको छालामा फोका उठ्ने गर्दछ ।

ग्यास्ट्रिक अल्सर हुँदा खाना खाएपछि पेट दुख्न सुरु हुन्छ तर डाइजिनजस्ता औषधीको सेवनपश्चात् आराम महसुस हुन्छ ।

ड्यूडिनल अल्सरको समस्या हुँदा अबेरसम्म भोको रहँदा पेट दुख्न थाल्छ । खाना खाएपछि भने आराम महसुस हुन्छ ।

 

इसोफेगर अल्सरमा आहार नलीको माथिल्लो भागमा फोका उठ्ने गर्दछन् वा प्वाल पर्ने गर्दछन् । यस्तो समस्या हुँदा धेरैजसो आहार नलीमा अत्यधिक जलन हुने गर्दछ ।

 

अल्सरका केही प्रारम्भिक लक्षण यसप्रकार छन्ः

 

१. पेटमा जलनः

खाना खाएको १ वा दुई घण्टापछि रातीको समयमा पेटको माथिल्लो भाग वा बिचतिर जलन महसुस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ ।

 

२. बान्ताः

पटक–पटक बान्ता हुँदा वा बान्ताको महसुस भइरहनु पनि अलसरको संकेत हुनसक्छ ।

 

३. पेट फुल्नुः

पेट फुल्ने समस्या धेरैजसो अल्सरको संकेत हुनसक्छ ।

 

४. छाती पोल्नेः

पेटमा रहेको एसिड माथिल्लो तर्फको फूड पाइपमा आउने गर्दछ । यसले छाती नजिकै तेज जलन महसुस हुन्छ । यो अल्सरको संकेत हुनसक्छ ।

 

५. पेट घोच्नेः

खाना खाएको १ वा दुई घण्टा पछि रातीको समयमा पेट घोच्ने समस्या छ भने यो अल्सरको संकेत हुनसक्छ ।

 

६. दिसाको रंगः

लामो समयसम्म गहिरो र कालो रंगको दिसा भइरहेको छ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस् । यस्तो अल्सरमा हुने रक्तश्रावका कारण हुनसक्छ ।

 

७. बान्तामा रगतः

बान्ता हुँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।

 

८. तौल घट्नुः

खाना वा दैनिकीमा परिवर्तन नगरी अचानक तौल कम हुन थाल्यो भने यो अल्सरको संकेत हुनसक्छ ।

 

९. पेट दुख्नेः

धेरैजसो पेट दुखिरहनु वा केही खाएपछि पेटमा तीब्र पीडा सुरु हुनु अल्सरको संकेत हुनसक्छ ।

 

१०. चाँडै भोक लाग्नुः

बिना कारण पटक–पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

थाइराइड क्यान्सरका झुक्याउने लक्षण

थाइराइड हर्मोन उत्पादन बढी वा कम भए पनि शरीरमा समस्या निम्तिन्छ । शरीरलाई नभई नहुने थाइराइड हर्मोन उत्पादन गर्ने यो...

क्यान्सर देखि रक्तचाप सम्मको औषधी : सुन्तलाको बोक्रा

यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन । ...

किन हुन्छ पाठेघरको मुखको क्यान्सर ?

महिलामा मात्र हुने क्यान्सरको विषयमा चर्चा गर्दा शरीरको माथिल्लो भागबाट हेर्दा स्तन क्यान्सर, यौनीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघरको क्यान्सर,...

क्यान्सरका प्रारम्भिक लक्षणहरु !

क्यान्सर भन्ने बित्तिकै यसको लक्षण के होला भन्ने आम मानिसको मनमा प्रश्न उठ्नु स्वभाविक हो । तर, क्यान्सर हुँदा सुरुमा...

अनारका यति धेरै फाइदा ! हृदयघातदेखि स्तन क्यान्सरसम्मको समस्याका लागि उपयोगी

रीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ। अनारमा...

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन...

स्वास्थ्यका लागि अचारको प्रयोग हानिकारक, क्यान्सर पनि लाग्न सक्छ

अचारले खानालाई दुई गुणा स्वादिष्ट बनाउँछ । तर, अचार स्वास्थ्यका लागि हानिकार हुने गर्छ । ...

सुर्ती र रक्सी सँगै खाँदा मुख क्यान्सरको जोखिम १५ गुणा बढ्छ

अव्यवस्थित जीवनशैली र खानपानमा ध्यान नदिँदा क्यान्सररोगका बिरामी अहिले बढेका छन् । क्यान्सर एउटा रोग मात्र नभई रोगहरूको समूह नै...

सेतो पाउरोटीले निम्त्याउँछ क्यान्सर, शरिरमा देखिन्छन् यी १० समस्या

केही समयअघि ‘सेन्टर फर साइन्स एन्ड एन्भ्यारोमेन्ट’(सिएसई)को एक अध्ययनले धेरै ब्रेड खानाले क्यान्सरको खतरा हुने पत्ता लगाएको थियो । हालै...

क्यान्सरबाट बच्न यस्ता खानेकुरा खानुहोस्

नसर्ने रोगहरूमा क्यान्सर रोग विश्वमा नै पहिलो नम्बरमा छ । क्यान्सर हाम्रै जीवनशैली र खानपिनबाट हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएका...

पुरुषमा बढ्दैछ फोक्सो क्यान्सर

क्यान्सर बिरामीको तथ्यांक केलाउँदा बिरामी हुने र मृत्यु हुने दुवै संख्यामा फोक्सो क्यान्सर पहिलो स्थानमा छ । नेपालमा क्यान्सरका बिरामीमध्ये...

क्यान्सर, मुटु, मिर्गौला र कलेजो रोग नियन्त्रणमा काम गर्न ‘जनता स्वास्थ्य क्लिनिक’ भवन बनाइँदै

सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ। ...

पाठेघरका मुखको क्यान्सर, कसरी, किन र कसलाई हुन्छ ?

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र...

क्यान्सरबाट जोगिन के खाने ?

काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक...

पाठेघरको मुखको क्यान्सर हुने ९ कारण र १० लक्षण

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस...

योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा

यान्सरका बिरामीले झेल्ने शारीरिक, भावनात्मक, संज्ञानात्मक र अस्तित्वसम्बन्धी समस्याका लागि योग उपयुक्त उपाय हुनसक्ने प्रतीत हुन्छ। क्यान्सरका बिरामीको आवश्यकता अनुसार...

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । ...

फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)

क्यान्सरका विभिन्न प्रकारमध्ये धेरैजसो मुलुकमा फोक्सोको क्यान्सरको समस्या बढी देखिन्छ । पुरुषमा यो क्यान्सरलाई एक नम्बरको क्यान्सर भनेर चिनिन्छ, नेपालमा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको